मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:५३ Sunday, November २२, २०२६

२१ आइफोनसहित घोडाघोडीका एक युवक धनगढी विमानबाट प्रहरीको फन्दामा 

शेयर१६.३K०

कैलालीको धनगढी स्थित विमानस्थलबाट सोमबार प्रहरीले एक जना युवकलाई २१ ओटा आइफोन सहित पक्राउ गरेको छ ।

जिल्लाको धनगढी उपमहानगरपालिका-१३ स्थित धनगढी विमान स्थलको दक्षिण तर्फ रहेको यात्रु प्रवेश द्वारमा प्रहरीले उक्त युवकलाई पक्राउ गरेको जनाएको छ ।

काठमाडौं पठाउने भनी अन्दाजी ८ लाख ४० हजार बराबरका एप्पल कम्पनीका २१ ओटा आइफोन सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा जिल्लाकै घोडाघोडी नगरपालिका-१ का २७ वर्षीय राजु चौधरी रहेका छन् ।

बराबर मोबाइल आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय पठाउने तयारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१६.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।