मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:११ Monday, November २३, २०२६

सुदूरपश्चिमवासीको भावनामा चोट पुग्ने अभिव्यक्ति दिएकी दुर्गा विरुद्ध प्रहरीमा जाहेरी

शेयर१०.९K०

सुदूरपश्चिम प्रदेशका बारेमा तल्लो स्तरको टिप्पणी गरेकी दुर्गा दाहाल साउदविरुद्ध प्रहरीमा जाहेरी परेको छ ।

दार्चुला जिल्ला दुँहु गाउँपालिका–५ गमेराका कृष्णसिंह महराले साउदविरुद्ध विद्युतीय अपराधअन्तर्गत प्रहरीमा जाहेरी दिएका हुन् ।

अमेरिकामा ममता काफ्ले बेपत्ता भएपछि प्रहरीले उनका श्रीमान्लाई अनुसन्धानको लागि पक्राउ गरेको छ । त्यही विषयलाई लिएर दाहालले समग्र सुदूरपश्चिमवासीको भावनामा चोट पुग्ने अभिव्यक्ति दिएपछि जाहेरी दिएको जाहेरीमा उल्लेख गरिएको छ । विद्युतीय माध्यमबाट साम्प्रदायिक हिंसालाई बढावा दिने गरी अभिव्यक्ति दिएको जाहेरीकर्ताको ठहर छ ।

सुदूरपश्चिमको कञ्चनपुर घर बताउने दुर्गाले ‘सुदूरपश्चिमका मान्छेहरू रक्सी खाएर हिँड्ने, रक्सी भनेपछि धेरै खाने, कसले बढी केटी ल्याउने, कसका बढी गर्लफ्रेन्ड हुने, कसले बढी रक्सी खाने कम्पिटिशन हुन्छ’ भन्दै टिकटकमा भिडियो पोष्ट गरेकी थिइन् । उनले उक्त भिडिओमा सुदूरपश्चिममा छोरी बिहे गरेर दिनु भनेको नर्कमा पठाउनु सरह हो समेत भनेकी छिन् ।

उनले सुदूरपश्चिमका युवतीहरू भारतस्थित दिल्लीको जीवी रोडमा भेटिने भन्दै कमेन्ट समेत गरेकी थिइन् । विद्युतीय कारोबार ऐन अन्तर्गत अपराध गरेको भन्दै दुर्गालाई तुरुन्त पक्राउ गरी अनुसन्धान गर्न जाहेरीमा उल्लेख गरिएको छ ।

durga-jaheri 1 durga-jaheri-2 durga-jaheri-3 durga-jaheri-4

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।