मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:२३ Sunday, November २२, २०२६

भन्सार छलीको करिब डेढ लाख बराबरको चिनी सहित बैतडीमा एक जना पक्राउ

शेयर९.७K०

बैतडीको मेलौलीबाट १६ सय केजी भन्सार छलीको चिनीसहित दामोदर कलौनी पक्राउ परेका छन् ।

जिल्लाको मेलौली नगरपालिका–७ काँडा बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएको १ लाख ४४ हजार मूल्य बराबरको १६ सय केजी (३२ बोरा प्रति बोरा ५० केजीका दरले) चिनीसहित पञ्चेश्वर गाउँपालिका–३ बस्ने ४८ वर्षीय दामोदर कलौनी बिहीवार पक्राउ परेका प्रहरी जनाएको छ ।

कलौनीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३५१० नम्बरको ट्रकलाई इलाका प्रहरी कार्यालय तस्वदेही, बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्दा उक्त चिनी फेला पारी पक्राउ गरेको जनाएको छ । उक्त ट्रक, चिनी र ट्रक चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान भइर हेको प्रहरीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।