मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ६:०७ Sunday, November २२, २०२६

सुदूरपश्चिममा निजी गाडीले यात्रु ओसार्दा सार्वजनिक यातायात सङ्कटमा

सार्वजनिक यातायात सेवा बन्द गर्ने व्यवसायीहरूको चेतावनी

शेयर१२.७K०

पछिल्लो समय सुदूरपश्चिममा निजी सवारी साधनले यात्रु ओसार्दा सार्वजनिक यातायातका व्यवसायीहरू सङ्कटमा परेका छन् । सोही कुरालाई लिएर व्यवसायीहरूको सार्वजनिक यातायात सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।

कैलाली-कञ्चनपुरसहित सात पहाडी जिल्लामा निजी गाडीहरूले यात्रु बोक्दै आएका छन् । रातो नम्बर प्लेटका गाडीहरूले महेन्द्र राजमार्ग, भीमदत्त राजमार्गसहित भित्री सडकहरूमा यात्रु बोक्दै आएका छन् । हालसम्म कैलालीको चिसापानी-कुइने सडक, बौनिया-तल्ला पानी सडक, सुखड-ठूलीगाड सडक, चौमाला-खैराला सडक, स्याउले-हाटखोली लगायत रोडको प्रमिट नभएका क्षेत्रहरूमा निजी गाडी सञ्चालन हुँदै आएका थिए ।

तर, पछिल्ला दिनहरूमा डोर प्रमिट पाएका सहजपुर-विपिनगर सडक, बुडर-जोगबुढा सडक, बुडर-जोरायल लगायत सडकहरूमा समेत ऐन विपरीत निजी गाडीहरूले यात्रु बोक्दै आएका छन् । ऐन विपरीत निजी गाडीहरूले यात्रु बोक्दा पनि ट्राफिक प्रहरी, स्थानीय प्रशासन र सुदूरपश्चिम प्रदेश सरकारले नियमन नगरेको गुनासो यातायात व्यवसायीहरूको छ ।

सार्वजनिक यातायात व्यवसायी रामचन्द्र गिरीले प्रालिहरु सङ्कटमा परेको बताएका हुन् । उनले भने, ‘म बाजुरा संयुक्त व्यवसायीको संयोजक हो । गाडीको सङ्ख्या धेरै छन् । हामीहरूले मर्ज गरेका छौँ । हामी सङ्कटमा छौँ । रातो नम्बरका गाडीहरूले यात्रु बोक्दै छन । रिजबमा लिन पाउने हो । तर, उहाँहरूले बसपार्कबाट यात्रु लिँदै आएका छन् । एक जना यात्रु पनि उहाँहरु लिनुहुन्छ । ट्राफिक र प्रहरीको मिलोमतोमा हुँदैछ ।’

कैलाली-कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा सञ्चालनमा हुने सार्वजनिक यातायातहरूले सवारी नपाउने समस्या छ । प्रदेशका अधिकांश सडकमा निजी गाडीहरूले यात्रु बोक्ने गरेकाले सार्वजनिक यातायातका सञ्चालकहरू समस्यामा छन् । धनगढीबाट डडेल्धुरा र बैतडीसम्म पनि विद्युतीय सवारीले यात्रु बोक्न थालेपछि उनीहरूले यात्रु नपाउने समस्या झन बढेको हो ।

मालिका यातायात प्रालिका कोषाध्यक्ष देवेन्द्र शाहले घर-जग्गा बैँकमा राखेर ऋण मार्फत सार्वजनिक यातायात सञ्चालन गरेका व्यवसायीहरू आर्थिक सङ्कटमा परेको बताए । उनले भने, ‘रातो नम्बर प्लेटका गाडीहरू निजी प्रयोजनका लागि हो । कालो प्लेटको कर पनि धेरै हुन्छ । यातायातमा दर्ता गरेर सरकारले यात्रु बोक्न भनेको छ । तर, नेपाल सरकारको कानुन कार्यान्वयन भएको छैन् । कानुन कागजमा मात्र सीमित भएको छ ।’

राजमार्गहरूमा हुने ट्राफिक प्रहरी र नेपाल प्रहरीले उनीहरूलाई रोक्नुपर्ने माग सार्वजनिक यातायात व्यवसायीहरूको छ । सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमबहादुर सापकोटाले पहाडी क्षेत्रमा निजी गाडीहरू बढी सञ्चालनमा रहेको बताए । ‘निजी प्रयोजनका लागि दर्ता भएका गाडीहरूले यात्रु बोक्दै छन् । पिकप गाडीहरू हुन् । उहाँहरूले तीन जना बोक्न पाउने हो । तर, २० जनासम्म यात्रु बोक्दै आउनुभएको छ,’ उनले भने, ‘हामीले सीडीओ पास, ट्राफिक प्रहरी र मुख्यमन्त्रीलाई समेत जानकारी गराएका छौँ । तर, मनोमानी भाडा असुल गर्दा पनि नियमन भएको छैन् ।’

धनगढी बसपार्क, अत्तरिया बसपार्क, सुखड, बौनिया, लम्की क्षेत्रबाट निजी गाडीका सञ्चालकहरूले यात्रु बोक्दै आएको उनले बताए । सुदूरपश्चिमका यातायात व्यवसायीहरू आन्दोलनमा रहेका सापकोटाले बताएका छन् । सुदूरपश्चिम प्रदेशको यातायात बन्द गर्ने चेतावनी यातायात व्यवसायीहरूको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१२.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।