मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ५:५१ Sunday, November २२, २०२६

चालकले मादक पदार्थ सेवन गरि सवारी हाँक्दा लम्कीमा इलेक्ट्रोनिक हाईस दुर्घटना

शेयर१०.७K०

चालकले मादक पदार्थ सेवन गाडी हाँकेपछि पछि कैलालीको लम्कीमा इलेक्ट्रोनिक हाईस दुर्घटनामा परेको छ । आइतबार लम्कीचुहा नगरपालिका-३ ढुंगेबजार नजिकै हाईस दुर्घटना भएको हो । 

इलाका  प्रहरी कार्यालय चिसापानीका अनुसार आइतबार ढुंगेबजारस्थित पूर्वपश्चिम राजमार्गमा चिसापानीदेखि लम्कीतर्फ आउँदै गरेको इलेक्ट्रोनिक हाईस दुर्घटनामा परेको थियो । डडेल्धुराको नवदुर्गा गाउँपालिका-४ का २४ वर्षीय शेरबहादुर साउदले मादक पदार्थ सेवन गरी सवारी चलाएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ००१ ज ९४१ नम्बरको इलेक्ट्रोनिक हाईस बायाँतर्फको सडकको नालामा खस्दा बायाँ साइडका २ वटा टायर नालामा र दायाँतर्फको २ वटा टायर सडकमा रहेको प्रहरीले जानकारी दिएको छ । हाईस दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ । 

चालक साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।