मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:४१ Sunday, November २२, २०२६

इङ्ग्ल्याण्ड क्रिकेट टोलीका अलराउन्डर मोइन अलीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास 

शेयर१३.३K०

इङ्ग्ल्याण्डका राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेटको सबै फर्म्याटबाट सन्न्यास लिने घोषणा गरेका छन् ।

बेलायती अखबार ‘डेली मेल’ सँगको कुराकानीमा ३७ वर्षीय अलराउन्डर अलीले आफू अष्ट्रेलियासँगको आउँदो शृङ्खलाका लागि टोलीमा नपरेको र अब नयाँ पुस्ताको समय भएको बताएका क्रिकेटसम्बन्धी जानकारी दिने वेब साइट क्रिक इन्फोले जनाएको छ ।

सन् २०१४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका अलिले इङ्ग्ल्याण्डका लागि ६८ टेस्ट, १ सय ३८ एकदिवसीय र ९२ टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले अन्तर्राष्ट्रिय सबै फर्म्याटमा ६ हजार ६ सय ७८ रन, ६ शतक, २८ अर्धशतक र ३ सय ६६ विकेट लिएका छन् ।

मोइन अलीले पछिल्लो पटक यही वर्षको जुनमा टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा इङ्ग्ल्याण्डबाट खेलेका थिए । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए पनि फ्रेन्चाइज क्रिकेट खेल्ने र पछि गएर प्रशिक्षकको रूपमा भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।

इङ्ग्ल्याण्डले सन् २०१९ मा एकदिवसीय विश्वकप र २०२२ मा टी-२० विश्वकप जित्दा मोइन अली टोलीको सदस्य रहेका थिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१३.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।