मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो २:३३ Sunday, November २२, २०२६

गड्डाचौकीबाट ४० थान गोलीसहित नेपाल प्रवेश गरिरहेका दुई भारतीय नागरिक पक्राउ

शेयर१३.३K०

कञ्चनपुरको गड्डाचौकी सीमानाका भएर नेपाल प्रवेश गरिरहेका दुई जना भारतीय नागरिकलाई भारतीय सुरक्षाकर्मीले ४० थान गोलीसहित पक्राउ गरेको छ ।

गड्डाचौकीको शारदा ब्यारेज क्षेत्रमा तैनाथ भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले शुक्रवार कञ्चनपुर आउँदै गरेका दुई भारतीय नागरिकलाई ४० थान गोलीसहित पक्राउ गरेको हो ।

एसएसबीले अल्मोडाका ४७ वर्षीय दिनेश चन्द्र र नैनीतालका ४० वर्षीय सतिश नैनवाललाई पक्राउ गरेको जनाएको छ । एसएसबीले पक्राउ परेका व्यक्तिबाट ७ दशमलव ६५ एमएमका ४० थान जिउँदा कारतुस बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई एसएसबीले वनबासामा रहेको जनपद प्रहरीको जिम्मा लगाएको छ । 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१३.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।