मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ३:५२ Sunday, November २२, २०२६

कैलालीको जानकीबाट लागुऔषधसहित २ जना प्रहरीको नियन्त्रणमा

शेयर११.१K०

कैलालीको जानकी गाउँपालिका–७ बाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् ।

आइतबार प्रहरी सहायक हवल्दार मनोज धामीको टोलीले जानकी–७ उच्च गोलौरीबाट सोही स्थानका करिब १९ वर्षीय रबिन चौधरी र १९ वर्षकै राजेन्द्र महतोलाई लागुऔषधसहित पक्राउ गरेको प्रहरी जनाएको छ ।

चेकजाँच गर्दा रबिन चौधरीले लगाएको पाइन्टको दायाँ खल्तिमा लुकाई राखेको ९२४ मिलिग्राम लागुऔषध फेला परेको थियो । दुबै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर११.१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।