मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:२७ Sunday, November २२, २०२६

रकम ठगी गरेको आरोपमा कलाकार ‘इकु’ पक्राउ

शेयर११.६K०

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले कलाकार भिसामा विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम ठगी गरेको अभियोगमा कलाकार सुलेमान शङ्कर (इकु) लाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

सुलेमानलाई सांस्कृतिक कार्यक्रममा कलाकार भिसामा क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशमा लैजाने भन्दै विभिन्न व्यक्तिबाट लाखौं रुपैयाँ ठगी गरेको अभियोगका आधारमा पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिएका छन् । उनले विदेश लैजाने भन्दै एक जनाबाट कम्तीमा १५ देखि २० लाख रुपैयाँसम्म उठाउने गरेको जानकारीमा आएको र यस विषयमा थप अनुसन्धान भइरहेको बोगटीले बताए ।

पक्राउ परेका सुलेमानलाई आज जिल्ला अदालत काठमाण्डौबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर११.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।