मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:४७ Monday, November २३, २०२६

लम्की-राजकाँडा सडक मर्मत सुरु 

शेयर१६.२K०

कैलालीको पर्यटकीय क्षेत्र राजकाँडा जाने सडक मर्मतको काम सुरु गरिएको छ । स्थानीयको आवागमनमा सहजता सँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मोहन्याल गाउँपालिकाले बुधवारबाट सडक मर्मत सुरु गरेको हो ।

सडकको स्तर उन्नति नहुँदा हरेक बर्खा याममा यो सडक अवरुद्ध हुने गरेको छ । स्थानीयका अनुसार यस अघि स्थानीय सामुदायिक वनहरूले यो सडकको मर्मत गर्दै आएका थिए तर यस पटक भने गाउँपालिका आफैले समयमै मर्मतको काम थालेको जनाइएको छ । बुधवारबाट पालिकाको डोजर सडक सफाइमा लागेको छ । “यो सडक करिब २०/२२ किलोमिटर छ कि जस्तो लाग्छ । अबको ४ दिनमा राजकाँडा पुगाउने गरि हामीले काम थालेका छौ । यस अघि पनि पालिकाले सडक सफाइ नगरेको होइन कहिलेकाहीँ सामुदायिक वनहरू आफैले हामी भन्दा अघि सफाइ गर्ने पनि गरेका थिए ।” पालिका अध्यक्ष देविदत्ता उपाध्यायले भने ।

राजकाँडा सडकमा हिउँदमा सामान्य गाडी सञ्चालन गर्न सकिने भए पनि बर्खा याममा भने पैदल मार्ग प्रयोग गर्नु पर्ने बाध्यता छ । सडक नहुँदा पर्यटकको आवागमनमा असर त परेको छ नै यहाँका उत्पादनले समेत बजार पाउन सकेका छैनन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१६.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।