मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:२२ Monday, November २३, २०२६

जुवा र कौडा खेलेको आरोपमा २८ जना प्रहरी नियन्त्रणमा

शेयर१३.३K०
कैलालीमा जुवा र कौडा खेलेको आरोपमा २८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका–७ गौरीचोकबाट जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कबिन्द्र सिंह बोहराले स्थानीय सुरेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोमबार बिहान उनीहरूलाई पक्राउ गरिएको बताए ।
उनीहरूको साथबाट  ८८ हजार दुई सय नगद र दुई गड्डी तास बरामद गरिएको बोहराले बताए ।
यस्तै, कौडा खेलिरहेको अवस्थामा २० जनालाई पक्राउ गरिएको छ ।
गौरीगंगा नगरपालिका–१ को गोप्कामा भैरव चन्दले सञ्चालन गरेको रोयल फेमली रेष्टुरेन्ट एण्ड बारमा कौडा खेलिरहेका २० जनालाई पक्राउ गरिएको डिएसपी बोहराले बताए ।
उनीहरूको साथबाट ६ थान कौडा, ७९ हजार ९११ रुपैयाँ नगद र १८ वटा मोबाइल बरामद गरिएको छ ।
पक्राउ परेकाहरूलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१३.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।