मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:४८ Monday, November २३, २०२६

अदालतद्धारा रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति

शेयर१२K०

अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एबम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

लामिछानेलाई चौथो पटक म्याद थपका लागि आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो। जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

रविसँगै सहकारी ठगी प्रकरणमा हिरासतमै रहेका पूर्वडीआईजी छविलाल जोशी, लीला पछाई र रामकुमार खनाललाई पनि १३ दिन थुनामा राख्न म्याद थप भएको छ।

यसअघि कात्तिक २० गते कात्तिक १५ गतेबाट लागू हुने गरी १० दिन म्याद थप भएको थियो। उक्त म्याद सकिएपछि आइतबार पुनः प्रहरीले उनीहरूलाई कास्की जिल्ला अदालत पेश गरिएको थियो।

गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेलाई प्रहरीले सहकारीको रकम अपचलन र संगठित अपराध कसुरमा गत कात्तिक २ गते पक्राउ गरेको थियो। प्रहरीले लामिछानेमाथि सम्पत्ति शुद्धीकरण, संगठित अपराध र सहकारीको रकम अपचलनमा एकसाथ अनुसन्धान गरिरहेको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।