मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ६:०७ Sunday, November २२, २०२६

धनगढीबाट पाँच जना युवक लागुऔषधसहित पक्राउ

शेयर११.८K०

कैलालीको धनगढीमा पाँच जना युवक लागुऔषधसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले लागुऔषधसहित पाँच जना युवकलाई नियन्त्रणमा लिएको हो ।

 

धनगढी उपमहानगरपालिका–१३ का १९ वर्षीय निरज राना, २१ वर्षीय सुनिल राना, धनगढी–२ का २३ वर्षीय रोशन खड्का, धनगढी–३ का २१ वर्षीय अमित शर्मा र १६ वर्षीय एक किशोरसहित पाँच जना लागुऔषधसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

 

धनगढी–१३ का निरज रानाले चलाएको से ७ प ६३५९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकल पछाडी सवार २१ वर्षीय सुनिल रानासँग ५ ग्राम ८४० मिलिग्राम लागूूऔषध फेला परेपछि दुबै जनालाई प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले धनगढी–३ भन्सार कार्यालय नजिकबाट नियन्त्रणमा लिएको हो ।

 

यसैगरी धनगढी–२ रामजानकी मन्दिर नजिकबाट २३ वर्षीय रोशन खड्का, धनगढी–३ का २१ वर्षीय अमित शर्मा र १६ वर्षीय एक किशोर पनि एक ग्राम १५० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका छन् । लागुऔषधसहित से ५ प ४१२६ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर११.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।