मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ६:०८ Sunday, November २२, २०२६

२ लाख भन्दा बढी नगदसहित जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

शेयर१०.९K०

दार्चुलामा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ । मालिकार्जुन गाउँपालिका–४ ऐरीछानाका किसन सिंह धामीको घरमा जुवातास खेलिरहेको अवस्थामा फेला पारी धामीसहित ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरुको साथबाट नगद २ लाख ३२ हजार ३ सय ७० रुपैयाँ र ३ बुक तास पनि फेला पारेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।