मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:५७ Monday, November २३, २०२६

धनगढीमा प्रहरीले ३६ किलाे चरेस बरामद

शेयर८.८K०

धनगढीमा प्रहरीले ३६ किलाे चरेस बरामद गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बाेहराले
बुधबार साँझ धनगढी उपमहानगरपालिका-५ काे लब्ली चाेकबाट प्लास्टिकसहित ३६ किलाे ६६५ ग्राम चरेस बरामद गरिएको जानकारी दिए ।

वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक याेगेश खत्री नेतृत्वकाे टाेलीले लब्ली चाेकमा माेटरसाइकल चेकजाँच गर्दा चरेस बरामद गरेकाे हाे ।

तर, चरेस बाेकेकाे १०७२ नम्बरको एनएस प्लसरका चालक र पछाडि सवार भने फरार भएका छन् ।

परिचय नखुलेका उनीहरूकाे खाेजी भइरहेको डीएसपी बाेहराले बताए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।