मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:३९ Monday, November २३, २०२६

क्यानले तोक्यो एनपीएलका लागि टिकट मूल्य, फाइनलमा कति ?

शेयर१२.४K०

नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको पहिलो संस्करण आगामी शनिबारदेखि सुरु हुँदै छ ।

 

क्यानले प्रतियोगिताका लागि टिकट मूल्य तोकेको छ । क्यानका अनुसार पहिलो दिन अर्थात् उद्घाटनको दिनमा जनरल तर्फको टिकट मूल्य ३०० रुपैंयाँ तोकिएको छ भने भीआईपीतर्फको टिकट मूल्य ७०० रुपैयाँ तोकिएको छ ।

 

त्यसैगरी लिग चरणको अन्य दिनका खेलहरूमा जनरल तर्फको टिकट मूल्य ३०० र भीआईपी टिकटको मूल्य ५०० रुपैयाँ तोकिएको छ ।

 

प्लेअफका खेलहरूमा जनरल टिकट ५०० रुपैयाँ र भीआईपी टिकट ७०० रुपैयाँको हुनेछ । त्यस्तै फाइनल खेलमा जनरल टिकट ५०० र भीआईपी टिकट १००० रुपैयाँको हुनेछ ।

 

त्यसैगरी क्यानले सिजनल पासको पनि व्यवस्था गरेको छ जसमा २०% छुट दिइएको छ । प्रतियोगिता भरीलाई हुने उक्त टिकटको जनरलतर्फ ४,४८०रुपैयाँ र भीआईपी तर्फ ८,२४० रुपैयाँ पर्ने छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१२.४K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।