मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:४६ Monday, November २३, २०२६

कैलालीको जालपा देवी केबलकारको शिलान्यास गरिँदै, एक वर्षमा सञ्चालन गरिने 

शेयर१७.४K०

कैलालीको चिसापानी-राजकाँडा जालपा देवी केबलकारको शिलान्यास पुस १३ गते हुने भएको छ । शिलान्यास कार्यक्रममा नेपाल सरकारका परराष्ट्र मन्त्री डा. आर्जु राणा देउवा, उद्योग मन्त्री दामोदर भण्डारी, पर्यटन राज्यमन्त्री अरुण कुमार चौधरी लगायतको सहभागिता रहने आयोजकले बुधवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

पत्रकारहरूको प्रश्नको जवाफ दिँदै केबलकारका सञ्चालक सूर्यबहादुर थापाले केबलकार सुदूरपश्चिम प्रदेशको पर्यटन विकासको मेरुदण्ड बन्ने बताए । “हामीले हजार जनालाई प्रत्यक्ष रोजगारीमा जोड्ने योजना बनाएका छौ । बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णालीमा मिनी पानी जहाज, रारा ताल, टिकापुरपार्क, रामारोशन जस्ता पर्यटकीय क्षेत्रहरूलाई सँगै जोडेर अघि बढ्छौ ।” उनले भने ।

भारतको उत्तर प्रदेशका जनताको आवागमनलाई जोड दिएमा मात्रै पनि सुदूरपश्चिम पर्यटनको हब बन्ने उनको दाबी छ । पुस १३ गते शिलान्यास गरि एक वर्ष भित्र केबलकार सञ्चालन गर्ने बताइएको छ ।

 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१७.४K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।