मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ३:४६ Sunday, November २२, २०२६

शान्ति सामुदायिक बनद्वारा उपभोक्तालाई बाख्रा वितरण

शेयर२१K०

कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको शान्ति सामुदायिक वनले आफ्ना उपभोक्ताहरूको आयआर्जन बढाउन बाख्रा वितरण गरेको छ । अति विपन्न अवस्थाका उपभोक्ता छनौट गरी गत सोमबार २० जनालाई प्रति व्यक्ति एउटा बाख्रा वितरण गरिएको वनका अध्यक्ष मनीराम डगौराले जानकारी दिए ।Messenger_creation_4C8C5957-8460-4CFB-9E1F-601010E56460

“हामीले सामाजिक उत्तरदायित्व तर्फ पनि काम गर्नु पर्छ भन्ने ठानेर यस पटक उपभोक्ताहरूलाई बाख्रा वितरण गरेका हौ । यो कार्यक्रम आवश्यकताको आधारमा अर्को वर्ष पनि सञ्चालन गर्ने मनसायमा हामी छौ । काम गर्ने इच्छाशक्ति हुनेका लागी बाख्राबाट राम्रै आम्दानी हुनेछ ।” अध्यक्ष डगौराले भने ।
सामुदायिक वनबाट बाख्रा पाएपछि उपभोक्ताहरू खुसी भएका छन् । आफ्नो जीवनकालमै सामुदायिक वनले नयाँ र महत्त्वपूर्ण काम गरेको भन्दै उनीहरूले धन्यवाद दिए । बाख्रालाई राम्रो सँग पालन पोषण गरी आम्दानीको श्रोत बनाउने योजनामा लाभान्वितहरू छन् ।Messenger_creation_C972910F-103A-4D13-99CC-D6568BB7808B

“सामुदायिक वनले वितरण गरिएका बाख्राहरूको नियमित अनुगमन समेत गर्नेछ । सरकारले दिएका बाख्रालाई खासै महत्त्व नदिने, काटेर खाइदिने, बेचिदिने जस्ता क्रियाकलापहरू पनि हुने गरेका छन् तर हामी त्यसो हुन दिँदैनौ । समय समयमा हामी उनीहरूको खोरमै गएर हर्ने, बुझ्ने गर्छौ। हामीले गरेको काम प्रभावकारी होस भन्ने हाम्रो सोचाई हो ।” वनका सहसचिव मदन ढुंगानाले भने ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।