मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:५४ Monday, November २३, २०२६

लम्किचुहाका अति विपन्न परिवारका लागि आवास निर्माण

शेयर१५K०

कैलालीको लम्किचुहा नगरपालिकाले आफ्ना अति विपन्न नागरिकहरूका लागि आवास निर्माण गरिदिएको छ । गरिबीका कारण फुसको चुहिने छानोमुनि बस्न बाध्य नागरिकको समस्या समाधान गर्न गैरसरकारी संस्था राष्ट्रिय दलित नेटवर्क सँगको सहकार्यमा ४५ घर निर्माण सम्पन्न गरिएका छन् ।

नगर प्रमुख जनता आवास कार्यक्रम अन्तर्गत वडा नम्बर ४ को कौवापुर शिविरमा सुकुम्वासीका ३३ घर निर्माण गरिएका छन् भने सोही वडाका दलित तथा अति विपन्न गैर दलितहरूका ५ घर निर्माण भएका छन् । यस्तै वडा नम्बर ३ स्थित बल्चौर बादी बस्तीमा ७ घर निर्माण गरिएका छन् । सोही कार्यक्रम अन्तर्गत हाल ३४ घर निर्माणको प्रक्रिया अघि बढाइएको छ । चालु आर्थिक वर्षका लागी सुदूरपश्चिम प्रदेश सरकारले सोही कार्यका लागी २ करोड विनियोजन गरेकाले असार मसान्त सम्म पालिकाका १० वटै वडा छुने गरी काम सुरु गरिने नगरपालिकाले जनाएको छ ।

“जनता आवास भनेर हामीले पहिला ५० लाख विनियोजन गरेका थियौ । यसको साइज सानो भयो, फेरी यसलाई बढायौ र ४५ घर निर्माण भए । ३४ घर निर्माणका लागी सम्झौता भएको छ । प्रदेशबाट २ करोड आएकाले हामीलाई काम गर्न थप सहज हुनेछ । सुकुम्वासी, मुक्त कमैया, दलित भन्ने होइन सबै विपन्नलाई समेट्ने गरी अव १० वटै वडामा काम गर्छौ ।” नगरप्रमुख सुशीला शाहीले भनिन् ।

विपन्नका लागी घर सँगै पक्की चर्पी समेत निर्माण गरिएका छन् । कतिपयले खुल्ला रूपमा त कतिपयले फुसको बाड र बोराको पर्दा बनाई चर्पी प्रयोग गर्नु परेको विगतको बाध्यता पनि हटेको छ ।Messenger_creation_654FEF37-8F79-4897-9FEA-30FDED5989A9

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।