मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:१५ Monday, November २३, २०२६

च्याम्पियन्स ट्रफीका लागि मिचेल स्यान्टनरको कप्तानीमा न्युजिल्याण्डको टोली घोषणा

शेयर९.८K०

अर्को महिना पाकिस्तान र यूएईमा हुने च्याम्पियन्स ट्रफीका लागि न्युजिल्याण्डको टोली घोषणा गरिएको छ । न्युजिल्याण्ड क्रिकेट बोर्डले आज मिचेल स्यान्टनरको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

टोलीमा तीव्र गतिका बलर लोकी फर्गुसन र बेन सियर्सले पुनरागमन गरेका छन् । सियर्स, विल ओरोर्के र नाथन स्मिथलाई आईसीसीको प्रतियोगिताका लागि पहिलो पटक छनोट गरिएको छ । यस्तै श्रीलङ्कासँगको टी-२० र एकदिवसीय श्रृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेका जेकब डफीलाई रिजर्भमा राखिएको छ ।

न्युजिल्याण्डले पाकिस्तान र दक्षिण अफ्रिकासँग हुने त्रिदेशीय एकदिवसीय श्रृङ्खलालाई च्याम्पियन्स ट्रफीको अन्तिम तयारीका रूपमा लिएको छ । च्याम्पियन्स ट्रफीमा एकदिवसीय विश्वकप-सन् २०२३ को शीर्ष आठ टोलीको सहभागीता रहेको छ ।

न्युजिल्याण्डको टोलीमा मिचेल सान्टनर (कप्तान), माइकल ब्रेसवेल, मार्क च्यापम्यान, डेभोन कन्वे, लोकी फर्गुसन, म्याट हेनरी, टम लाथम, डेरिल मिचेल, विल ओरोर्के, ग्लेन फिलिप्स, रचिन रवीन्द्र, बेन सियर्स, नाथन स्मिथ, केन विलियम्सन र विल योङ रहेका छन् ।

न्युजिल्याण्ड समूह ‘ए’ मा रहेको छ । यो समूहमा भारत, बङ्गलादेश र पाकिस्तान रहेका छन् । न्युजिल्याण्डले फेब्रुअरी १९ तारिखमा घरेलु टोली पाकिस्तानसँग कराँचीमा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।