मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:१४ Monday, November २३, २०२६

दार्चुलामा चितुवाको आक्रमणबाट एक महिला घाइते

शेयर८.२K०

दार्चुला । दार्चुलामा चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छन् । व्याँस गाउँपालिका-२ दुम्लिङकी ३५ वर्षीया लक्ष्मी ठगुन्ना शनिबार चितुवाको आक्रमणबाट घाइते भएकी हुन् ।

उनलाई घर नजिकैको घट्टेखोलामा घाँस काट्ने क्रममा चितुवाले आक्रमण गरेको प्रहरीले बताएको छ । जिल्ला अस्पताल दार्चुलामा रेबिजविरुद्धको सुई नहुँदा ठगुन्नालाई थप उपचारका लागि धनगढी ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए । ठगुन्नाको अवस्था भने सामान्य रहेको बताइएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।