मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:३६ Monday, November २३, २०२६

रास्वपा सभापति लामिछाने काठमाण्डौ जिल्ला अदालतमा उपस्थित

शेयर८.७K०

पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा धरौटीमा छुटेका रास्वपा सभापति रवि लामिछाने आइतबार जिल्ला अदालत काठमाण्डौमा उपस्थित भएका छन्।

काठमाण्डौकाे कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दा पनि रहेकाले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने आइतबार जिल्ला अदालत काठमाण्डौमा उपस्थित भएका हुन् ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा ८४ दिनसम्म हिरासतमा राखिएका लामिछाने जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको आदेशमा गत बिहीबार धरौटीमा थुनामुक्त भएका थिए ।

उनलाई आफैँ अदालतमा उपस्थित हुने सर्तमा कास्की प्रहरीले रास्वपा कार्यवाहक सभापति डिपी अर्यालको जिम्मा लगाएको थियो।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।