मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:५२ Sunday, November २२, २०२६

ट्याक्टर र ट्रकमा ठोक्किएर मोटरसाइकल चालक गम्भीर घाइते

शेयर९.४K०

कैलालीमा ट्याक्टर र ट्रकमा ठोक्किएर मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । गौरीगंगा नगरपालिका-१ मा सोही ठाउँ बस्ने २० वर्षीय निराजन चौधरीले चलाएको सुपप्र ०१०१२ प ३०४९ नम्बरको मोटरसाइकल ट्याक्टर र ट्रकमा ठोक्किँदा उनी गम्भीर घाइते भएका हुन् ।

प्रहरीका अनुसार शनिबार ओभरटेक गर्ने क्रममा गौरीगंगा-१ बस्ने कृष्णबहादुर चौधरीले चलाएको सुपप्र ०१०११ त ६९५८ नम्बरको ट्याक्टरमा ठोक्किएको मोटरसाइकल गोदावरी नगपालिका-२ का २७ वर्षीय मनोज ओलीले चलाएको ना ६ ख १८७६ नम्बरको ट्रकमा बजारिएको थियो ।

दुर्घटनामा चालकको दाहिने खुट्टा भाँचिएको र उनलाई धनगढीस्थित माया मेट्रो अस्पतालबाट काठमाडौ रिफर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.४K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।