मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबिहान ३:२० Monday, November २३, २०२६

कञ्चनपुरको शुक्लाफाँटामा ५ करोड लगानीमा निर्माण गरियो खानेपानी

शेयर११K०

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ का स्थानीयलाई सहज खानेपानी उपलब्ध गराउन ५ करोडको लागतमा कलुवापुर खानेपानी आयोजना सञ्चालनमा आएको छ।

आयोजनाअन्तर्गत २ लाख २५ हजार लिटर क्षमताको ट्याङ्की, दुईवटा डिपट्युबेल जडान, ५० किलोमिटर पाइप लाइन विस्तार गरिएको छ। उपभोक्तालाई २४ सै घण्टा पानी उपलब्ध गराउने व्यवस्था गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष विनोदकुमार दमाईले बताए। उनका अनुसार हालसम्म निजी पाँच सय ६५, सार्वजनिक तीनवटा धारा जडान गरिएको छ।

८ कठ्ठा क्षेत्रमा पक्की पर्खालसहितको आयोजनाको कार्यालय भवन निर्माण गरिएको छ। यसका अतिरिक्त पानी प्रशोधनका लागि संयन्त्र निर्माण, भल्व च्याम्बर २७ वटा, मेन भल्व च्यामबर एक र पानी परीक्षण गर्ने मेसिन एक राखिएका छन्। आयोजनाको रेखदेख र सञ्चालनका लागि तीन जना कर्मचारीको व्यवस्था गरिएको छ। समितिले धारा जडानका लागि दुई हजार शुल्क लिने गरेको छ।

पानीको महसुलदर १० युनिटसम्म खपत गर्ने ग्राहकबाट १ सय शुल्क लिने गरिएको समितिका कोषाध्यक्ष टेकबहादुर भण्डारीले बताए । विद्युत् अभाव भएका बेला पानी निरन्तर उपलब्ध गराउन भने कठिनाइ हुँदै आएको उनले बताए। वडाको वर्तमान जनसङ्ख्या १५ हजार १ सय ३० छ। जसमा एक हजार सात सय परिवार रहेका छन् । सबै घरपरिवारमा खानेपानी पुगाउने लक्ष्यका साथ समितिले काम अगाडि बढाउँदै आएको जनाएको छ। आयोजना निर्माणकार्य २०६७ सालदेखि थालिएको थियो।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर११K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।