मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:३२ Sunday, November २२, २०२६

डडेल्धुरामा गोली हानेर श्रीमतीको हत्या गरी भाग्दै गरेका श्रीमान बन्दुकसहित पक्राउ

शेयर१०.५K०

डेल्धुराको अमरगढीमा श्रीमतीलाई गोली हानेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

सोमबार साँझ साढे चार बजेको समयमा जिल्लाको अमरगढी नगरपालिका-३ पथरोडाका ३२ वर्षीय डम्बरबहादुर थापा मगरले मादक पदार्थ सेवन गरेर आफ्नै श्रीमतीलाई गोली हानेर हत्या गरेका हुन्।

घरायसी वादविवाद हुँदा आफ्नै घर आगनमा उनले २४ वर्षीया श्रीमती अस्मिता थापा मगरलाई एकनाले भरुवा बन्दुकले छातीमा गोली हानीका थिए। त्यसपछि अस्मिताको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्रहरीले प्राप्त गरेको थियो।

श्रीमतीलाई गोली हानेर हत्या गरेको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डडेल्धुरा खटिएको प्रहरी टोलीले भरुवा बन्दुकसहित भाग्दै गरेको अवस्थामा डम्बरबहादुर थापा मगरलाई नियन्त्रणमा लिएर भरुवा बन्दुकसमेत बरामद गरिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।