मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:०३ Sunday, November २२, २०२६

डोटीमा भूकम्पबाट क्षतिग्रस्त निजी आवास २०८४ सम्म सरकारले बनाई दिने

शेयर१९.९K०

सरकारले भूकम्प र बाढीपहिरोपछिको पुनर्निर्माणको काम २०८४ असारभित्र सक्ने गरी पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि योजना स्वीकृत गरेको छ।

निजी आवास निर्माणको काम विपत व्यवस्थापन प्राधिकरणमार्फत पालिकाले गर्ने र बाँकी भौतिक संरचना निर्माणको काम सम्बन्धित मन्त्रालय र निकायमार्फत हुने निर्णय गरिएको छ। विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सह-सचिव इन्जिनियर अर्जुनकुमार बमले पुनर्निर्माणको काम आर्थिक वर्ष २०८३/८४ भित्र सक्ने गरी तत्काल अगाडि बढाइने बताए।

प्राधिकरणले २०७९ को डोटी भूकम्पमा क्षतिग्रस्त निजी आवास पुनर्निर्माणका लागि माघबाट लाभग्राही छनोट गरी किस्ता निकासा गर्ने भएको छ। डोटी भूकम्पबाट प्रभावित पाँच जिल्लाका ९ हजार ६ सय घर पुनर्निर्माण गर्नुपर्ने गत वर्षको क्षतिको विस्तृत आंकलन (डिडिए)ले देखाए पनि प्राधिकरणले लाभग्राही छुटेका भए पठाउन सम्बन्धित पालिकालाई पत्राचार गरेको छ।

पालिकभर १५० घरसम्म क्षतिग्रस्तका हकमा पालिकामार्फत विस्तृत आंकलन गरिने भएको छ। त्योभन्दा बढी क्षतिका हकमा प्राधिकरणले नै इन्जिनियर पठाउनेछ। भूकम्पबाट क्षतिग्रस्त निजी आवास निर्माणमा केन्द्र सरकारले शतप्रतिशत लगानी गर्नेछ। तर, बाढीपहिरो, आगलागीलगायत विपदबाट क्षतिग्रस्त निजी आवासमा भने केन्द्रले ५०, प्रदेशले ३० र पालिकाले २० प्रतिशत लागत बेहोनुपर्नेछ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१९.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।