मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ७:२५ Sunday, November २२, २०२६

महिला प्रधानमन्त्री कप : गण्डकीको ब्याट नचल्दा सुदूरपश्चिमलाई ५६ रनको झिनो लक्ष्य

शेयर११.२K०

महिला प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले सुदूरपश्चिमलाई ५६ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी उद्घाटन खेलमा गण्डकीले निर्धारित १५ ओभरमा ७ विकेटको क्षतिमा ५५ रन बनाएको हो ।

गण्डकीका लागि रेखा तामाङ १३ र कप्तान सृजना पौडेलले १० रन बनाइन् । साथै, निरुता घर्ती मगरले ७, श्रेया शाहीले ३ र सलिना सेनले २ रन बनाइन् ।

सुदूरपश्चिमका लागि रेवती धामीले ४ तथा जानकी थापा र रितु कनौजियाले १-१ विकेट लिइन् ।

टस जितेर सुदूरपश्चिमले पहिले बलिङ रोजेको हो । मौसमका कारण खेल निर्धारित समयभन्दा केही ढिला सुरु भएको थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर११.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।