मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो २:३२ Sunday, November २२, २०२६

कैलालीको १५ बिघा सरकारी जङ्गल व्यक्तिको नाममा दर्ता गर्ने ८ जना दोषी ठहर

शेयर९.७K०

कैलालीमा १५ बिघा सरकारी जङ्गल व्यक्तिको नाममा दर्ता गर्ने ८ जना दोषी ठहर भएका छन् । जिल्लाको साविक नारायणपुर–८ कोे १५ बिघा सरकारी जङ्गल व्यक्तिका नाममा दर्ता गरेको अभियोगमा उनीहरु दोषी ठहर भएका हुन् ।

फिल्डबुकमा जङ्गल कायम भएको जग्गा कर्मचारी भूमाफियाको मिलेमतोमा २०६८ सलामा कित्ताकाट गरी व्यक्तिको नाममा कायम गरिएको थियो । त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाण्डौमा दायर गरेको मुुद्दामा सोमवार फैसला गर्दै आठ जनालाई दोषी ठहर गर्दै कैद सजाय सुनाएको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीशहरू मुरारीवावु श्रेष्ठ र विदुर कोइरालाको इजलासले प्रतिवादी ८ मध्ये चार जनालाई मुख्य अभियुक्त र चार जनालाई मतियार ठहर गरेको हो ।

विशेषले तत्कालीन मालपोत प्रमुख मोहन बहादुर स्नेही रसाइलीलाई एक वर्ष, नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मानबहादुर चन्दलाई ९ महिना, सर्वेक्षकहरू अग्नीवहादुर शाही र दशरथ मण्डललाई जनही ६ महिना कैद सजाय सुनाएको छ ।

मतियारको रूपमा विन्द्रा रावल, कमलबहादुर रावल, शुसिलवहादुर रावल र विमल रावललाई ६ महिना कैद हुने फैसला सुनाएको छ । रावल जेष्ठ नागरिक भएकाले ७५ प्रतिशत कैद कट्टा भई एक महिना १५ दिनमात्र बसे पुग्ने विशेषको आदेश छ । उनीहरूविरुद्ध २४ करोड ६ लाख ६९ हजार रुपैयाँ भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

सरकारी सार्वजनिक जग्गा विन्द्रा रावल, कमलबहादुर रावल, सुशील बहादुर रावल, विमलबहादुर रावलको संयुक्त नाममा स्रेस्ता पुर्जा कायम गरी हस्तान्तरण गरिएको अख्तियारको छानबिनबाट खुलेको थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।