मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:०८ Monday, November २३, २०२६

अम्पायरको बारेमा सामाजिक सञ्जालमा लेखेपछि क्यानको कारबाहीमा परे सन्दीप लामिछाने

शेयर१३.३K०

नेपाल क्रिकेट संघ(क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको सदस्य एबम् पूर्व कप्तान सन्दीप लामिछानेलाई अनुशासनको कारबाही गरेको छ । जय ट्रफीका क्रममा सामाजिक सञ्जालमा नेपालका अम्पायरको गुणस्तरबारे टिप्पणी गरेपछि उनलाई कारबाही गरिएको हो ।

सन्दीपलाई खेलाडी आचारसंहिताको आर्टिकल २.७ अनुसार कारबाही गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । लामाका अनुसार सन्दीपलाई क्यानले आयोजना गर्ने एक खेलमा प्रतिबन्ध लगाइएको छ । आर्टिकल २.७ मा कुनै क्यान, एसीसी र आईसीसी, खेलाडी, म्याच अफिसियल र टिमका बारेमा सार्वजनिक रूपमा टिप्पणी गर्न प्रतिबन्ध लगाइएको छ ।

सन्दीपले जय ट्रफीका क्रममा नेपालमा अम्पायरको अवस्था निकै कमजोर भएको टिप्पणी गरेका थिए । ‘मैले भन्न त नहुने हो, तर नेपालमा अम्पायरिङको स्तरमा महत्त्वपूर्ण सुधारको आवश्यकता छ । यो लामो समयदेखि स्थिर रहेको छ । यदि आवश्यक कदम चालिएन भने भविष्यमा गलत निर्णयका कारण धेरै खेलाडीहरू प्रभावित हुने सम्भावना छ ।…,’ उनले फेसबुकमा लेखेका थिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१३.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।