मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:४२ Monday, November २३, २०२६

आज पनि लुम्बिनी प्रदेश सभाको बैठक बस्दै

शेयर१४.६K०

लुम्बिनी प्रदेश सभाको बैठक आज पनि बस्दै छ । पाँचौँ अधिवेशनको छैटौँ बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ ।

प्रदेश सभा सदस्यले समसामयिक विषयमा विशेष समयमा बोल्ने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा विशेष समयमा हालसम्म उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूचीमा समेटिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले बताएका छन् ।

यस्तै मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र सभामुखले उक्त प्रस्तावलाई निर्माणार्थ प्रस्तुत गर्ने, यस्तै मुख्यमन्त्री चेतनारायण आचार्यले थारु आयोगको पाँचौँ र छैटौँ वार्षिक प्रतिवेदन, मधेसी आयोगको चौथो वार्षिक प्रतिवेदन र आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन रु सभामा पेस गर्ने समेत कार्यसूचीमा समेटिएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१४.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।