मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो २:३६ Sunday, November २२, २०२६

यू १९ विश्वकपको जित्ने पर्ने खेलमा टस हारेर फिल्डिङ गर्दै नेपाल

शेयर१२.२K०

मलेसियामा जारी आईसीसी यू १९ महिला विश्वकपको सुपर सिक्समा स्थान बनाउनका लागि जित्नै पर्ने दबाब रहेको खेलमा नेपालले टस हारेको छ । मलेसियाको युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाविरुद्ध टस हारेर नेपालले बलिङको निम्तो पाएको छ ।

स्कटल्याण्डसँग सोमवार खेलेको नेपाली टोलीमा १ परिवर्तन गरिएको छ । स्कटल्याण्डविरुद्ध खेलेकी किरन कुँवर बेन्चमा रहँदा तृषना विकले अन्तिम ११ मा मौका पाएकी छन् ।

सुरुवाती दुवै खेलमा पराजय भोगेको नेपालाई सुपर सिक्सको सम्भावना कायमै राख्न अस्ट्रेलियामाथि जित हाँसिल गर्न बाहेक अर्को कुनै विकल्प छैन् ।

अस्ट्रेलियासँग पराजित भएमा नेपालको सुपर सिक्स प्रवेशको सम्भावना समाप्त हुनेछ । अस्ट्रेलिया सुरुवाती दुवै खेल जितेर १ खेल अघि नै सुपर सिक्स प्रवेश गरिसकेको छ ।
महिला क्रिकेटको कुनै पनि स्तरमा नेपालले अस्ट्रेलियासँग पहिलो पटक खेल्न लागेको हो ।

नेपालको अन्ति-११

कृष्मा गुरुङ, तृषना विक, साना प्रविन, सावित्रा धामी, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो (कप्तान), ज्योत्सिका मरासिनी, सिमाना केसी, रचना चौधरी र अनु कडायत ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१२.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।