मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:१९ Sunday, November २२, २०२६

कञ्चनपुरमा प्रहरी जवानले हाने आफैंमाथि गोली

शेयर११.४K०

कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली प्रहार गरेका छन् । बुधबार साँझ सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल बिष्टले आफैंमाथि गोली चलाएका हुन् । साँझ साढे ८ बजेको समयमा ड्युटीका रहेका उनले आफैंमाथि राइफलको गोली हानेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जोशीले बताए । गोली लागेर जवान बिष्ट गम्भीर छन् ।उनले आफैंले बोकेको एसएलआर राइफलबाट गोली चलाएको पाइएको प्रहरीले जनाएको छ । विष्टलाई महाकाली अस्पतालमा सामान्य उपचारपछि धनगढी रेफर गरिएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर११.४K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।