मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:५१ Monday, November २३, २०२६

विद्यालयको गेट खोल्ने क्रममा ढोका भाँचिएर एक विद्यार्थीको मृत्यु

एक विद्यार्थी घाइते

शेयर१३.३K०

कैलालीको कैलारी गाउँपालिका-९ गदरियामा रहेको एक विद्यालयको गेटको ढोका भाँचिदा एक विद्यार्थीको मृत्यु भएको भएको छ । गदरियास्थित जनता माध्यमिक विद्यालयको गेटको ढोका भाँचिएर बिहीबार ७ वर्षीय प्रवेश रानाको मृत्यु भएको हो ।

राना जनता माविमा कक्षा १ मा अध्ययनरत थिए । ढोका भाँचिएर एक विद्यार्थी पनि घाइते छन् ।

विद्यालयको मूल गेट खोल्ने क्रममा फलामे ढोका भाँचिएर रानाको मृत्यु भएको विद्यालयका प्रधानाध्यापक सिताराम चौधरीले बताए ।

प्रधानाध्यापक चौधरीका अनुसार गम्भीर घाइते भएका रानालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

कक्षा २ मा अध्ययनरत समीर चौधरी घाइते भएका छन् । उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१३.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।