मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:१४ Monday, November २३, २०२६

अखिल क्रान्तिकारीको सात प्रदेशको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा सापकोटा र राईबीच कडा प्रतिस्पर्धा

शेयर११.६K०

नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको सात प्रदेशको मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार अध्यक्षमा विजयप्रकाश शर्मा सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

निर्वाचन समितिकाअनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको अन्तिम मत परिणाम सार्वजनिक हुँदा सापकोटा ४ सय ८१ मतसहित अग्रस्थानमा रहेका छन् ।

यस्तै राई ४ सय ६१ मतका साथ दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा रहेका उपदेश यादवले २ सय २१ मत पाएका छन् भने चौथो स्थानका सुदिन पौडेलले १ सय ४४ मत प्राप्त गरे ।

विवादका कारण विशेष प्रदेश कमिटी र विश्वविद्यालय प्रदेश समितिको मतगणना सुरु हुन सकेको छैन् । मतपत्र हराएको, मतपत्रमा कालो मसी र रातो मसी लगाएपछि मतगणना रोकिएको हो ।
मतगणना सुरु गर्नेबारे निर्णय गर्न अहिले निर्वाचन समितिको बैठक बसिरहेको छ । क्रान्तिकारीको नयाँ नेतृत्वको लागि शनिबार मतदान भएको थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर११.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।