मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:५७ Sunday, November २२, २०२६

सञ्चालनको तयारीमा ज्येष्ठ नागरिक मिलन केन्द्र

आफ्नो उमेर समूहका दौँतरी साथीसँग भेट्न पाउने भएकाले मिलन केन्द्रले ज्येष्ठ नागरिकको एक्लोपन हटाउन मदत पुग्ने

शेयर२१.३K०

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा निर्माण भएको ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालनको लागी समिति गठन गरिएको छ । एक्लिँदै गएको ज्येष्ठ नागरिकको जीवनलाई सार्थक बनाउने उद्देश्यले केही वर्ष अघि भवन निर्माण भए पनि सञ्चालन भने हुन सकेको थिएन ।
मिलन केन्द्र सञ्चालनका लागी स्थानीय पदमराज रिमालको अध्यक्षतामा समिति गठन गरिएको छ । सो समितिले विधान निर्माण गर्ने तथा समितिलाई वैधानिकता प्रदान गर्ने काम गर्नेछन् । मिलन केन्द्र बिहान १० बजे देखी साँझ ५ बजे सम्म सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।
उमेरका कारण अन्य काम गर्न नसक्ने अवस्थामा समय बिताउन तथा आफ्नो उमेर समूहका दौँतरी साथीसँग भेट्न पाउने भएकाले मिलन केन्द्रले ज्येष्ठ नागरिकको एक्लोपन हटाउन मदत पुग्ने बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले बताए । “अघिल्लो पटक झपट रावल जी सांसद हुँदा स्थानीय तह सँगको समन्वयमा सङ्घीय सरकारले बजेट विनियोजन गरी भवन निर्माण गरेको थियो । हामी निर्वाचित भई आएपछि यसको प्लास्टर, सेफ्टी ट्यांकी, रङरोगन, टायल मार्वल, प्लम्बिङ, रेलिङ लगायतका कामहरु सम्पन्न ग¥यौ ।” अध्यक्ष कुँवरे भने ।

475385589_3922373321342754_9115695981602061381_n
ज्येष्ठ नागरिकहरू मिलन केन्द्रमा भजन कीर्तन, प्रवचन, टेलिभिजन, सामान्य खेल सँगै जनै, दुना टपरी, डोरी, बाती निर्माण लगायतका काममा पनि संलग्न गराउने गरी योजना निर्माण भइरहेको वडा नम्बर १ का अध्यक्ष एवम् गाउँ सरकारका प्रवक्ता मिथुन गौतमको भनाई छ । “सबैलाई अनिवार्य भन्ने होइन कसैले काम गर्न चाहेमा उनीहरूले सक्ने जस्तैः जनै बनाउने, दुना टपरी गाँस्ने, बाती काट्ने काममा लगाउने र ती सामानहरूलाई हामीले नै बजारीकरण गरिदिने योजनामा छौ । यसले गर्दा उनीहरूको आर्थिक उपार्जनको पाटो पनि बलियो हुन्छ ।” उनले भने । उनका अनुसार मिलन केन्द्रको भवनमा ७ कोठा र एक हल सहित करिब ७० बढी ज्येष्ठ नागरिकहरू अट्ने क्षमताको रहेको छ । मिलन केन्द्रमा अबको केही दिनमा ज्येष्ठ नागरिकहरूको चहलपहल सुरु हुनेछ ।

475333968_3922373378009415_5608452618723981676_n

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२१.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।