मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ४:३० Sunday, November २२, २०२६

डोटीको बगलेकमा मिनी खप्तड पार्क निर्माणका लागि ३२ लाख विनियोजन

शेयर१४.६K०

डोटीको पूर्वीचौकी गाउँपालिका-२ बगलेकमा मिनी खप्तड पार्क निर्माण गरिने भएको छ । जसको आज एक कार्यक्रमका विच सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले शिलान्यास गरेका छन् ।

कार्यक्रमको प्रमुख अतिथि प्रदेश प्रमुख मियाँ रहेका थिए । उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउँद, प्रदेशसभा सदस्य चक्र मल्ल, पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यय, प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलगायतका व्यक्तित्वको सहभागिता रहेको थियो ।

गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायले खप्तड राष्ट्रिय निकुञ्जको फेदीमा रहेको रमणीय स्थललाई पार्कको रुप दिएर मिनी खप्तड पार्क निर्माण गरिन लागिएको बताएका थिए ।

जसका लागि ३५ लाख बजेट विनियोजन भएको र गाउँपालिकाले क्रमागत रुपमा कार्यान्वयनमा लैजाने उनले बताए । धर्तीको स्वर्ग मानिएको खप्तडको फेदीमा निर्माण गरिने मिनी खप्तड पार्कले त्यहाँको रमणियतालाई झनै उजागर गर्ने उनको विश्वास थियने । उनका अनुसार केही दिनमै टेन्डर आह्वान गरी पार्क निर्माण कार्य अगाडि बढाइनेछ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१४.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।