मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:२१ Sunday, November २२, २०२६

गेटा अस्पताल अलपत्र, ५० शैय्याको सेवा पनि रोकिने सम्भावना 

शेयर२७.३K०

कैलालीको गेटा अस्पताल सञ्चालनका लागि कर्मचारी दरबन्दीको स्थायी स्वीकृति नतोकिएका कारण ५० शैय्याको सेवा पनि रोकिने सम्भावना बढेको छ ।

गत वर्ष सङ्घीय स्वास्थ्य मन्त्रालयले गेटा अस्पताल सञ्चालनका लागि ५० वेडको अस्थायी स्वीकृति दिएको थियो । तर, अस्पताल सञ्चालनका लागि कर्मचारीको स्थायी दरबन्दीको निर्णय नभएकाले कर्मचारीको तलवसमेत रोकिएको अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले जानकारी दिए ।

उनका अनुसार सङ्घीय स्वास्थ्य मन्त्रालयले अस्पताल सञ्चालनका लागि २४ जनाको दरवन्दी दिएको थियो, भने ७२ जना करारमा नियुक्त गरिएका थिए ।

मन्त्रालयले अस्पताल सञ्चालनको औपचारिक स्वीकृति नदिएपछि पुसदेखि करार कर्मचारीको तलव रोकिएको सूचना अधिकारी कार्कीले बताए । केही समयअघि कैलाली आएका बेला सङ्घीय स्वास्थ्यमन्त्री प्रदिप पौडेलले गेटा अस्पताल सञ्चालनका लागि स्थायी स्वीकृति प्रदान गर्ने आश्वासन दिएका थिए ।

तर, मन्त्री पौडेलको आश्वासन हालसम्म कार्यान्वयन भएको छैन् । गेटा अस्पताल सञ्चालनका लागि अस्पतालका निर्देशकसहितको टोली काठमाण्डौ पुगेको छ ।

सो टोलीले मन्त्रालयमा थप छलफल अघि बढाएकाले छिट्टै स्वीकृति पाइनेमा आशावादी रहेको सूचना अधिकारी कार्की बताउँछन् । सूचना अधिकारी कार्कीका अनुसार हाल अस्पतालमा दैनिक ५०/६० जनाको हाराहारीमा बिरामीको उपचार भइरहेको छ ।

अस्पातलमा हाडजोर्नी, स्त्री रोेग लगायतको सामान्य सल्यक्रियासमेत हुने गरेको सूचना अधिकारी कार्कीको भनाइ छ । तर, मन्त्रालयले अस्पताल सञ्चालनका लागि कर्मचारीको स्थायी स्वीकृति नदिएपछि भने सञ्चालनमा नै अन्यौल थपिएको सूचना अधिकारी कार्कीले बताए ।

गेटालाई दशरथचन्द मेडिकल विश्वविद्यालय बनाउने गरी सरकारले घोषणा गरे पनि हालसम्म निर्णय गरेको छैन् । मेडिकल विश्वविद्यालय सञ्चालनका लागि बनेको ऐनको कार्य विधि पनि विचाराधीन अवस्थामा रहेको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२७.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।