मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:४८ Monday, November २३, २०२६

धनगढीबाट १९ हजार रुपैयाँसँगै ४ जना जुवाडे पक्राउ

२ थान मोटरसाइकल समेत नियन्त्रणमा

शेयर१८.७K०

कैलालीको धनगढीमा खेतबारीको टहराबाट प्रहरीले जुवा खेली रहेको अवस्थामा ४ जना जुवाडे पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका-२ बैयाबेहडीमा खेतबारीको टहरा भित्र जुवातास खेली रहेको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँका ३५ वर्षीय अबनिश सिंहसहित चार जना जुवाडे पक्राउ गरेको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले बुधवार उनीको साथबाट नगद १९ हजार ३ सय २५ रुपैयाँसँगै २ गड्डी तास र २ ओटा मोटरसाईकल समेत नियन्त्रणमा लिएको हो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१८.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।