मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:२५ Sunday, November २२, २०२६

लम्कीचुहामा भ्यानको ठक्करबाट बालकको मृत्यु

शेयर११.८K०

कैलालीमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका–५ का पाँच वर्षीय जेनिश बिष्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराका अनुसार बालकलाई लम्कीमै सुदूरपश्चिम प्रदेश ०१–००१ च ३७४७ नम्बरको यात्रुवाहक भ्यानले ठक्कर दिएको थियो ।

‘गाडीको ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि लालरत्न अस्पतालमा पुगाइएको थियो,’ डीएसपी बोहराले भने, ‘उपचारका क्रममा बालकको सोमबार राति ज्यान गएको छ ।’ भ्यानसहित अछामको मङ्गलसेन नगरपालिका–४ घर भएका २३ वर्षीय चालक भोजराज केसीलाई नियन्त्रणमा लिएको डीएसपी बोहराले बताए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर११.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।