मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:४४ Sunday, November २२, २०२६

टीकापुरमा ‘प्रार्थना सभा’ आयोजना गरि पैसा असुल्ने ७ जना पक्राउ

प्रार्थना सभा आयोजना गर्ने अनुग्रह चर्च नेपालका संयोजक करण विक लगायत ७ जना पक्राउ परेका हुन्।

शेयर११.१K०

कैलालीको टीकापुरमा ‘प्रार्थना सभा’ आयोजना गरि पैसा असुल्ने ७ जना पक्राउ परेका छन्।

फागुन २१ र २२ गते टीकापुरमा आयोजित प्रार्थना सभा आयोजना गर्ने अनुग्रह चर्च नेपालका संयोजक करण विक लगायत ७ जना पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार पका्रउ परेकामध्ये ४ पुरुष र ३ महिला रहेका जनाइएको छ। टीकापुरमा आयोजित प्रार्थना सभामा आयोजकले उपचारका नाममा पैसा असुलेर ठगी गरेको आरोप लागेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूले सभामा उपचारका लागि आएका बिरामीहरूबाट ठूलो रकम सङ्कलन गरेको बताइएको छ। ती मध्ये २३ जनाको पैसा भने प्रहरीले फागुन २२ गते नै फिर्ता गर्न लगाएको थियो। पीडितको ५ लाख ९८ हजार रुपैयाँ फिर्ता गरिएको भए पनि ती बाहेकका व्यक्तिहरूको पैसा भने आयोजकले फिर्ता नगरेको टिकापुर प्रहरीले जनाएको छ।

सभामा भारतीय नागरिक बजिन्दर सिंहले वर्षौँदेखि अपाङ्गता भएका व्यक्तिहरूको उपचारका नाममा झारफुक गरेका थिए। ती मध्ये कतिपयले निको भएको बहाना गरेका थिए। सहभागीहरूका अनुसार ती निको भएको बहाना गर्ने व्यक्तिहरू आयोजककै मान्छे थिए। उनीहरूले आफू निको भएको भन्दै सर्वसाधारणलाई भ्रममा पारेका थिए।

यही भ्रममा परेर धेरै सर्वसाधारणले आयोजकलाई रकम बुझाएको बताइएको छ। पश्चिम तराईका दर्जन बढी जिल्लाका सयौँ व्यक्तिहरू सभामा सहभागी भएका थिए। पक्राउ परेकाहरूलाई ठगी मुद्दा अन्तर्गत कारबाही गरिने जनाइएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर११.१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।