मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:४६ Sunday, November २२, २०२६

धनगढी र सुर्खेतमा यतीको परीक्षण उडान

शेयर११.५K०

निजी वायुसेवा कम्पनी यती एअरलाइन्सले शनिवार धनगढी र सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको छ ।

यती एअरलाइन्सको ९एन–एएमएनको एटीआर ७२ विमानले सुदूरपश्चिम प्रदेशको धनगढी विमानस्थल र कर्णाली प्रदेशको राजधानीस्थित सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको हो ।

दुवै ठाउँमा सफलतापूर्वक परीक्षण उडान भएका एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । नेपालगञ्ज विमानस्थलबाट उडेको यतीको विमान सुर्खेत विमानस्थलमा दिउँसो सवा १२ बजे अवतरण गरेको थियो भने नेपालगञ्जबाटै उडेको सोही विमान दिउँसो साढे १ बजे धनगढी विमानस्थलमा अवतरण गरेको थियो ।

परीक्षण उडानमा रहेको उक्त विमानलाई यती एअरलाइन्सका प्रशिक्षक पाइलटद्वय क्याप्टेन समर्थरत्न तुलाधर र क्याप्टेन राजु राजवंशीले उडान भरेका थिए । उक्त उडानको अवलोकनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण तथा यती एअरलाइन्सका प्राविधिक तथा प्रतिनिधिहरूको टोली साथमा रहेका थिए । यती एअरलाइन्सले उक्त विमानस्थलमा निकट भविष्यमा नियमित उडान गर्ने तथा वैकल्पिक विमानस्थलको रूपमा प्रयोग गर्ने उद्देश्यले परीक्षण उडान गरेको जनाएको छ ।

हाल यती एअरलाइन्सले ७ वटा एटीआर ७२ विमानमार्फत् नियमित रूपमा काठमाडौँ, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगञ्ज विमानस्थल लगायत पर्वतीय उडान गर्दै आएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर११.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।