मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ५:११ Sunday, November २२, २०२६

न्युजिल्यान्डलाई हराउँदै भारतले जित्या तेस्रोपटक च्याम्पियन्स ट्रफीको उपाधि

कप्तान रोहित शर्माले आक्रामक सुरुवात गर्दै शुभमन गिलसँग मिलेर शतकीय साझेदारी गरेका थिए । रोहित ७६ रनमा आउट भए ।

शेयर११.७K०

आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट २०२५ को उपाधि भारतले जितेको छ । आइतबार भएको फाइनलमा न्युजिल्याण्डलाई ४ विकेटले हराउँदै भारत ले उपाधि जितेको हो ।

न्युजिल्याण्डले दिएको २५२ रनको लक्ष्य भारतले ४९औं ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । कप्तान रोहित शर्माले आक्रामक सुरुवात गर्दै शुभमन गिलसँग मिलेर शतकीय साझेदारी गरेका थिए । रोहित ७६ रनमा आउट भए । श्रेयस अय्यरले ४८ रन बनाए भने केएल राहुल ३४ रनमा अविजित रहे ।

 

१०५ रनमा पहिलो विकेट प्राप्त गरेपछि न्युजिल्याण्डले निरन्तर रूपमा विकेट निकाल्दै भारतलाई दबाबमा राख्ने प्रयास गरेको थियो । माइकल ब्रेसवेल र मिचेल सान्टनरले २–२ तथा काइल जेमिसन र रचिन रविन्द्रले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले भारतसामू २५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । न्युजिल्याण्डले ५० ओभरमा ७ विकेट गुमाएर २५१ रन बनाएको थियो ।

 

डारिल मिचेलले सर्वाधिक ६३ रन बनाए । माइकल ब्रेसवेल ५३ रनमा अविजित रहे । रचिन रविन्द्रले ३७ र ग्लेन फिलिप्सले ३४ रन बनाए ।

भारतका लागि वरुण चक्रवर्ती र कूलदीप यादवले २–२ तथा मोहम्मद शामी र रविन्द्र जडेजाले १–१ विकेट लिए ।

भारतक लागि यो च्याम्पियन्स ट्रफीको तेस्रो उपाधि हो । यसअघि भारतले सन् २००२ मा श्रीलंकासँग संयुक्त रूपमा उपाधि जित्दा २०१३ मा उपाधि जितेको थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर११.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।