मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ३:०९ Sunday, November २२, २०२६

डडेल्धुरा सहकारी चोरी प्रकरणः १ वर्षपछि अध्यक्ष र प्रबन्धकसहित ५ जना पक्राउ

पक्राउ पर्नेमा सोही सहकारीका अध्यक्ष बिरेन्द्र बिष्ट, प्रबन्धक हरिश प्रसाद भट्ट सहित ५ जना रहेका छन् ।

शेयर१२.९K०

डडेल्धुराको शीर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेडमा रकम चोरी भएको एक वर्षपछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष बिरेन्द्र बिष्ट, प्रबन्धक हरिशप्रसाद भट्ट, सहायक प्रबन्धक सुमित्रा भट्ट लगायत अन्य सहकारीसँग आबद्ध व्यक्तिहरू पनि रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालयमा लगिदै छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा चोरीमा उनीहरू संलग्नता देखिएकोले थप अनुसन्धान जारी थालिएको डीएसपी श्रेष्ठले बताए । गत चैत २३ मा परशुराम नगरपालिका–४ कटालस्थित उक्त सहकारीको कार्यालयबाट ११ लाख १३ हजार चोरी भएको थियो ।

कार्यालयको पछाडिको ढोका खोलेर नगद राखिएको लकर फुटाइ रकम चोरी भएको थियो। सीसीटीभी फुटेजको आधारमा अनुसन्धान जारी राखिएको थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१२.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।