मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ४:४५ Sunday, November २२, २०२६

डडेल्धुरामा विभिन्न मुद्दाका ४ फरार प्रतिवादी पक्राउ

शेयर१०.५K०

डडेल्धुरामा ४ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

बाल यौन दुव्र्यवहार मुद्दामा ५ महिना १५ दिन कैद सजाय, ३५ हजार जरिवाना, ३५ हजार क्षेतिपुर्ती र १ हजार ४ सय पिडित राहत कोष जरिवाना तोकिएको डडेल्धुराको आलिताल गाउँपालिका–६ फल्ले खर्क बस्ने २४ वर्षीय बिक्रमबहादुर बिष्ट पक्राउ परेका छन् ।

यसैगरी बिना ईजाजत सालको रुख काटेको मुद्दामा प्रतिब्यक्ति ३ महिना कैद सजाय र १ लाख ३२ हजार ८ जरिवाना तोकिएका पर्शुराम नगरपालिका–७ बस्ने ४२ वर्षीय हर्कबहादुर धामी, ४६ वर्षीय महाबिर धामी र ६० वर्षका चक्र धामी पक्राउ परेका छन् । जिल्ला अदालत डडेल्धुराको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका चारै जनालाइ सोमवार जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।