मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:०६ Sunday, November २२, २०२६

कञ्चनपुरबाट खैरो हेरोइनसहित ५ जना पक्राउ

शेयर१२.६K०

कञ्चनपुरबाट खैरो हेरोइनसहित ५ जना पक्राउ परेका छन् ।

भीमदत्त नगरपालिका–६ बनगाउँ चौक ऐसी होटेल अगाडीबाट सोही ठाउँ बस्ने २० वर्षीय दिवस चन्द, भीमदत्त नगरपालिका–१८ बस्ने नरेश बम र बमकी श्रीमती हिरा बमसहित ३ जना पक्राउ परेका छन् । १ दशमलव ५३ ग्राम खैरो हेरोइनसहित तिनै जनालाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

यसैगरी लालझाडी गाउँपालिका–३ बल्मीबाट सोही ठाउँ बस्ने २२ वर्षीय मिलन राना र लालझाडी गाउँपालिका–२ कञ्ज बस्ने २७ वर्षीय पुरन राना पक्राउ परेका छन्। यी दुबै जनालाई शुन्य दशमलव ८६ ग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१२.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।