मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:४८ Sunday, November २२, २०२६
LIVE

घोडाघोडीको सिमली क्षेत्रमा विदेशीको जमघट: स्थानीय सरकारले धूमधाम स्वागत गरेका उनिहरुलाई २४ घण्टाभित्र ठाउँ छाड्न सीडीओको निर्देशन

प्रशासनले अनुमति बिना जङ्गल क्षेत्रमा बसोबास गरिरहेका विदेशी नागरिकलाई २४ घण्टाभित्र गन्तव्यमा जान निर्देशन दिएपनि घोडाघोडी नगरपालिकाले भने संस्कृति आदानप्रदान गर्ने भन्दै स्वागत समेत गरेको पाइएको छ ।

शेयर१०.६K०

कैलालीमा एक सय भन्दा बढी विदेशी नागरिक अनुमति बिना वन क्षेत्रमा बसिरहेको पाइएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–९ को सिमली जंगलमा करीब २० दिनदेखि भारत, अमेरिका, चिन लगायतका देशका एक सय भन्दा बढी नागरिक बसोबास गरेर अस्वाभाविक गतिविधि गर्दै आएको पाइएको छ ।घोडाघोडीको सिमली क्षेत्रमा विदेशीको जमघट:  स्थानीय सरकारले धूमधाम स्वागत गरेका उनिहरुलाई २४ घण्टाभित्र ठाउँ छाड्न सीडीओको निर्देशन

रेन्बो फेमली ग्यादरिङ नाम दिएर समूहमा आएका उनीहरुले कुनै पनि निकायबाट अनुमति नलिएको पाइएपछि कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले २४ घण्टाभित्र गन्तव्यमा जान निर्देशन दिएका छन् ।

विदेशी नागरिक वन क्षेत्रमा बसेर अर्धनग्न हुने, आपसीमा अस्वाभाविक गतिविधि गर्ने जस्ता गुनासा आएपछि बिहीबार जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहित सिमली जङ्गल क्षेत्रमा पुगेका प्रमुख जिल्ला अधिकारी हमालले २४ घण्टाभित्र गन्तव्यतर्फ जान निर्देशन दिएका हुन् ।
निर्देशनअनुसार २४ घण्टा भित्र वन क्षेत्र छाडेर गन्तव्यतर्फ नलागे प्रचलित कानुनबमोजिम कारवाही हुने चेतावनी समेत दिइएको छ ।घोडाघोडीको सिमली क्षेत्रमा विदेशीको जमघट:  स्थानीय सरकारले धूमधाम स्वागत गरेका उनिहरुलाई २४ घण्टाभित्र ठाउँ छाड्न सीडीओको निर्देशन

‘जङ्गल क्षेत्रमा विगत २० दिनदेखि विदेशी नागरिक बस्दै आएको र उनीहरुले अस्वाभाविक गतिविधि गरिरहेको गुनासो प्राप्त भएपछि बिहीबार त्यहाँ पुगेका थियौँ,’ प्रजिअ हमालले भने, ‘उहाँहरु कुनै निकायको अनुमति नलिएर सिमलीको वन क्षेत्रमा बस्दै आएको देखिएको छ । सबै जनालाई २४ घण्टाभित्र गन्तव्यमा जान निर्देशन दिइएको छ ।’

अनुगमनका क्रममा कुराकानी गर्दा उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई आफूहरु प्रकृतिमा रमाउने मान्छेहरु९नेचर लभर० भएको बताउँदै यसरी विभिन्न देशमा पुगेर बस्ने गरेको बताएका थिए । तर नेपाल सरकारका कुनै पनि निकायबाट अनुमति नलिएको पाइएकाले उनीहरुलाई जङ्गल क्षेत्र छाड्न स्थानीय प्रशासनले निर्देशन दिएको हो । यद्यपी अनुगमनका क्रममा उनीहरुले शान्ति, सुरक्षामा असर पर्ने खालका गतिविधि गरेको नपाइए पनि कुनै निकायबाट अनुमति नलिइको देखिएको प्रशासनले जनाएको छ ।

07f1e0f8-6aea-4836-865c-9fa692f80a57

घोडाघोडी नगरपालिकाकै केही स्थानीयले विदेशी नागरिकसँग समन्वय गरिरहेको कुरा समेत सार्वजनिक भएको छ । सोही विषयमा समाचार सम्प्रेषण गरेपछि सुखडका पत्रकार प्रकाश मिश्रमाथि बिहीबार दिउँसो हातपात समेत भएको छ ।

मिश्रमाथि घोडाघोडी नगरपालिका–१० को पहलमानपुरमा रहेको सृजना होटेलका सञ्चालक ४० वर्षीय चेतबहादुर सिंह र सोही नगरपालिका–१ घोडाघोडीमा ओजुवा क्याफेका सञ्चालक ४८ वर्षीय डबलबहादुर शाहले हातपात गरेका हुन् । मिश्रले विदेशी नागरिक घोडाघोडीको जङ्गल क्षेत्रमा बसेर अस्वाभाविक र रहस्यमय गतिविधि गरिरहेको र त्यसमा होटेल व्यवसायी शाहले समन्वय गरिरहेको समाचार लेखेका थिए ।

सोही विषयलाई लिएर उनीमाथि हातपात भएको हो । मिश्रमाथि हातपात गरिएको घटनाको पत्रकार महासंघको जिल्ला र प्रदेश कार्य समिति तथा विभिन्न संघसंगठनले विरोध जनाउँदै दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन् । इलाका प्रहरी कार्यालय सुखडले हातपातमा संलग्न दुबैजनालाई  नियन्त्रणमा लिएको जनाएको छ ।

स्थानीय प्रशासनले अनुमति बिना जङ्गल क्षेत्रमा बसोबास गरिरहेका विदेशी नागरिकलाई २४ घण्टाभित्र गन्तव्यमा जान निर्देशन दिएपनि घोडाघोडी नगरपालिकाले भने संस्कृति आदानप्रदान गर्ने भन्दै स्वागत समेत गरेको पाइएको छ । रेन्बो फेमली ग्यादरिङ नाम दिएर केही महिनाअघि यसैगरि अछामको रामारोशन क्षेत्रमा समेत विदेशी नागरिक प्रवेश गरेका थिए ।ngr

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।