मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबिहान ३:१९ Monday, November २३, २०२६

रक्सीको नसामा कार्यालयमै मेयर र उप–मेयर सँग झगडा गरेका बारबर्दियाका हाकिम आचार्य विरुद्ध मुद्दा चलाइने

आचार्य सधैँ विवादमा आइरहने अधिकृत हुन । उनी यस अघि कैलालीको घोडाघोडी नगरपालिकामा समेत जाड काण्डमा विवादित भएपछि सरुवा गरिएको थियो ।

शेयर३०.९K०

दिउँसै मदिरा सेवनपछि मातेर कार्यालय गएर मेयर र उपमेयर सँग झैझगडा गरेका प्रमुख प्रशासकीय अधिकृत विरुद्ध मुद्दा चलाउने कार्यपालिका बैठकले निर्णय गरेको छ ।

बुधवार बसेको कार्यपालिका बैठकले प्रमुख प्रशासकीय अधिकृतले गल्ती गरेको भन्दै कानुनी कारबाहीका लागि मुद्दा हाल्ने गर्ने निर्णय गरेको हो ।

मेयर छविलाल थारूले कार्यपालिका बैठकले गैर जिम्मेवार हर्कत गरेको हुँदा प्रमुख प्रशासकीय अधिकृतमाथि कानुनी कारबाही गर्ने बैठकले निर्णय गरेको जानकारी दिए ।

‘अब हामी केही बेरमै मुद्दा हाल्न जाँदैछौं,’ मेयर थारूले भने, ‘उपमेयर सापले अभद्र व्यवहार सम्बन्धी र मैले साइबर क्राइमसम्बन्धी मुद्दा हाल्ने बैठकले निर्णय गरेको छ ।’

बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य मंगलबार दिउँसो मदिराले मातेर कार्यालयमा आएर उपमेयर रत्नकुमारी पाण्डेको कार्यकक्षमा गई झैझगडा गर्नुका साथै उद्दण्ड व्यवहार प्रदर्शन गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत आचार्यले उपमेयरको कार्यकक्षमा टेबल ठोक्दै होहल्ला गर्दै अपशब्द प्रयोग गर्नुका मेयर उपमेयरलाई सडक छाप बनाइदिने धम्की दिएका थिए ।

मंगलबार दिउँसो मदिराले मातेर कार्यालयमा आएर सार्वजनिक रूपमै झैझगडा र गालीगलौजमा उत्रिएपछि मेयर आफैले प्रहरी प्रशासनलाई खबर गरेका थिए । प्रहरीले प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना कर्मचारीलाई पक्राउ गरेको थियो ।

आचार्य सधैँ विवादमा आइरहने अधिकृत हुन । उनी यस अघि कैलालीको घोडाघोडी नगरपालिकामा समेत जाड काण्डमा विवादित भएपछि सरुवा गरिएको थियो । केही महिना अगाडी कर्णाली प्रदेश मुख्यमन्त्री कार्यालयमा कार्यरत रहदा समेत आचार्यले नसाको तालमा कैलालीका तत्कालीन सिडिओ धर्मेन्द्र कुमार मिश्रलाई समेत गालीगलौज गरेका थिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर३०.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।