मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ७:४४ Sunday, November २२, २०२६

घोडाघोडी बहुमुखी क्याम्पस स्ववियु निर्वाचन : मतान्तर बढाउदै गौतम

शेयर२९.४K०

कैलालीको  सुखड स्थित घोडाघोडी बहुमुखी क्याम्पसमा भएको स्ववियू निर्वाचनको मत गणना अनुसार अनेरास्ववियुले निरन्तर मतान्तर बढाइरहेको छ ।

पछिल्लो मत परिणामअनुसार ८ सय २४ मत गणना हुँदा सभापतिका उम्मेदवार अनेरास्ववियुका अशोक गौतमले ५ सय १० मत ल्याएका छन् ।

त्यस्तै, अखिल क्रान्तिकारीका गणेश भण्डारीले २ सय ९८ मत ल्याएका छन् ।

सचिवमा गौतम कै प्यानलबाट नेविसंघका प्रविन सिंहले ४ सय २६ मत ल्याउँदा भण्डारी प्यानलबाट अनेरास्ववियूका भुवनराज जैसी (अल्टर)ले ३ सय ३८ मत प्राप्त गरेका छन्

कोषाध्यक्षमा पनि अनेरास्ववियुका संजिव कुमार चौधरी ( पारा कमाण्डो)ले ४ सय ३१ मतसहित अग्रस्थानमा छन भने अखिल क्रान्तिकारीका यलिशा कुमारी कुवरले २ सय ९० मत ल्याएकी छन् ।
यहाँ अनेरास्ववियु र नेविसंघ तथा अखिल क्रान्तिकारी र अनेरास्ववियूको गठबन्धन रहेको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२९.४K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।