मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ७:२६ Sunday, November २२, २०२६

घोडाघोडी ९ का निवर्तमान अध्यक्ष शाह विष सेवन गरेको अवस्थामा भेटिए

शेयर४५.४K०
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ९ का निवर्तमान वडा अध्यक्ष कृष्णबहादुर शाह   बिहीबार  दिउँसो गम्भीर अवस्थामा भेटिएका छन् ।
बिहीबार  दिउँसो  १  बजे घोडाघोडी नगरपालिका ९ को सिमली खोला नजिकै विष सेवन गरेको अवस्थामा शाह फेला परेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक दीर्घ बहादुर साउँदले जानकारी दिए ।
शाह घरबाट हराएको भनी इलाका प्रहरी कार्यालय सुखडलाई जानकारी आएपछि प्रहरी निरीक्षक साउँदको टोली खोजी कार्यका लागि शाहको घरमा पुगेको थियो ।
घरमा काम छ भनेर निस्केका शाहलाई गाउँलेले जङ्गल तिर गएको प्रहरीलाई बताएपछि प्रहरीले सिमली जङ्गलमा शाहलाई बेहोस अवस्थामा फेला पारेको बताएको छ ।  शाह भेटिएको नजिकै विष सेवनको बोतल समेत भेटिएको प्रहरी निरीक्षक साउँदले जानकारी दिए ।
शाहलाई उपचारका लागि अस्पताल पठाइएको छ । शाह नेकपा एमालेका घोडाघोडी नगर कमिटी  उपाध्यक्ष समेत हुन्।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर४५.४K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।