मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ३:०४ Sunday, November २२, २०२६

प्रहरीको डिएसपी हुँ भन्दै रेष्टुरेन्ट सञ्चालकलाई धम्की दिने एक जना पक्राउ

शेयर२०.९K०

आफुलाई नेपाल प्रहरीको डिएसपी बताउने एक जना नक्कली डिएसपी पोखराबाट पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका वडा नं. ८ सृजनाचोकस्थित रहेको ढावा रेष्टुरेन्ट एण्ड बारबाट आइतबार राति करिब १० बजेको समयमा नक्कली डिएसपी पक्राउ पक्राउ परेका हुन् ।

पक्राउ परेका अभियुक्त बाग्लुङ नगरपालिका वडा नं. ४ कुडुलेफेदी घर भएका वर्ष ३२ को चन्द्रकान्त पौडेल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

अभियुक्त पौडेलले रेष्टुरेन्ट एण्ड बारमा अर्डर गरी आफूले मागे अनुसारको खानेकुराहरु खाए पश्चात म प्रहरीको डिएसपी हुँ भन्दै धाकधम्की दिएको प्रहरीको आरोप छ ।

हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतामा रहेका पौडेलविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२०.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।